पथरी,२८ चैत ।  माेरङको  पथरीशनिश्चरे २ स्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ग्राजुएसन सेरेमोनीको आयोजना गरेको छ।

मंगलबार सिन भिलेज पार्टी प्यालेसमा भएको उक्त कार्यक्रमको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। कार्यक्रमको प्रमुख अतिथि रहेका  तुम्वापोले सिड्लिङ मन्टेश्वरीेले नगरपालिकाको  मापदण्डहरु पूरागरी स्थापित ढंगले सञ्चालन गरेको पाइएको कुरा बताए।´

339218493_1010490223275399_2390775892099255403_nकार्यक्रममा  मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नृत्यहरु पस्केका थिए भने उल्लेख्य मात्रामा अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । 

मन्टेश्वरीकी प्रिन्सिपल एवं निर्देशक बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न  भएको सो कार्यक्रममा  पथरीशनिश्चरे नगरका शिक्षा शाखा तथा खेलकुद  प्रमुख शालिग्राम काफ्ले, वडा नं. २ वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्र कुमार राई लगायतको उपस्थिति रहेको थियो ।