विराटचोक,११ बैशाख । मोरङको सुन्दरहरैंचा ८ स्थित शिक्षा निकेतन माविमा पूर्वशिक्षक टंकमणि लामिछाने र उहाँकी धर्मपत्नी अनन्तदेवी लामिछानेले अक्षयकोष स्थापना गर्नु भएको छ । पूर्वशिक्षक लामिछानेका बुबा पण्डित गुरुप्रसाद लामिछाने र आमा पुण्यमाता लामिछानेकाे नाममा एकलाख पाचहजार रुपयाँको अक्षयकोष स्थापना गर्नु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सुवेदी र प्रधानाध्यपक ठाकुरप्रसाद सुवेदीलाई पूर्वशिक्षक लामिछाने दम्पत्तीले सोमबार चेक हस्तान्तरण गर्नु भएको छ । दलित,जनजाती लगायत जेहन्दार विद्यार्थीहरुलाई सहयोग पुगोस भन्ने उधेश्यका साथ अक्षयकोष स्थापना गरिएको पूर्वशिक्षक लामिछानेले बताउनु भयो ।
उक्त रकमकाे प्राप्त ब्याजवाट दलित,जनजाती लगायत जेहन्दार विद्यार्थीहरु र अन्यका तीनजना छनाेट गरि छात्र,छात्रामिलाई नगद पुरस्कार प्रदान गर्न पूर्वशिक्षक लामिछानेले अनुराेध गर्नु भएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालय सहायक प्रधानध्यापक घनस्याम ढकाल,शिक्षकहरु,गणेश पाेखरेल,जीवन श्रेष्ठ लगायत लामिछाने परिवारबाट नविन लामिछाने,सविता लामिछाने समेतकाे उपस्थिति रहेको थियो ।
२०७० सालमा पथरी शनिश्चरे,सखुवारा माेरङको बुद्द माविबाट सरुवा भई शिक्षा निकेतन माविमा अध्यापन गर्दै आउनु भएका लामिछाने २०७७ साल असोज १ गते बाट सेवानिवृत हुनुभएको थियो । उहाँ हाल सुन्दरहरैंचा नगरपालिका ९ मा बसोवास गर्दै आउनुभएको छ ।



















