विराटचोक,१३ बैशाख ।मोरङको सुन्दरहरैंचा ८ स्थित ब्राइटफ्युचर उच्च माध्यामिक विधालय कक्षा ११ र १२ मा  अध्ययन गर्ने विधार्थीहरुको रोजाइमा पर्न थालेको छ । २०४८ सालमा माविको रुपमा स्थापना भएको विधालयले २०६९ सालदेखि  बिज्ञान,व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउदै आएको छ । 

शैक्षिक गुणस्तर संगै भौतिक संरचनामा पनि अब्बल रहेको  ब्राइटफ्युचर कक्षा ११ र १२ मा करिव डेढ सय भन्दा बढी विधार्थीहरुले अध्यन गरिरहेका छन । गुणस्तरीय शिक्षा र सवल व्यवस्थापनकै कारण यो विद्यालय पछिल्ला केही वर्षयता विद्यार्थी तथा अभिभावकको आकर्षण केन्द्र बन्दै आएको छ । 

335165681_917612805945908_8248083146447095686_nगुणस्तरयुक्त शिक्षामा जोड दिएको विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । एसइइ दिएर बसेका विधार्थीहरु स्कुलमा नयाँ भर्नाका लागि अहिले देखि नै बुझन आउनेको संख्या बाक्लो हुदैँ गएको विधालयका प्राचार्य टीकाराम ढकाल बताउनु हुन्छ।

होटल म्यानेजमेन्ट विषयमा प्लस टु को कोर्षमा कम्बो क्लासको व्यवस्था समेत गरिएको हुँदा अझ विधार्थीहरुको चाप बढ्ने कुराको प्राचार्य ढकालले जानकारी दिनु भयो । उक्त कम्बो क्लासबाट विधार्थीहरुलाई  प्राक्टिकलमा बढी फ़ाइदाहुने र विधार्थीहरुले दुई खालका सर्टिफिकेट प्राप्त गर्न सक्ने कुरा प्रिन्सिपल ढकालले बताउनु भयो । होटल म्यानेजमेन्टको  कम्बो क्लासले विधार्थीहरुलाई बिचएम गर्न,चाडै रोजगारमा जाने वा उच्च शिक्षाको लागि विदेशमा जाने विधार्थीहरुलाई ठुलो फाइदाहुने कुरा प्राचार्य ढकाल बताउनुहुन्छ ।

329176784_572609024928495_8335465277621780969_nविधालयले नयाँ ढंगबाट अध्यापन गराउन लागेको होटल म्यानेजमेन्टको  कम्बो क्लास गराउने उत्तरी मोरङको नै पहिलो शैक्षिक सँस्थाको  रुपमा स्थापित भएकों  छ । विधालयमा शिक्षकशिक्षिकाहरुले विधार्थीहरुले बुझ्ने भाषा र शैलीमा पढाउने गरेकोले आफुलाई राम्रो लागेको कक्षा ११ मा अध्यनरत  विधार्थी समिर श्रेष्ठ बताउनु हुन्छ । आफ्नै गाउँ घरमा राम्रो वातावरणको यतिको शैक्षिक हुदाहुदै प्लस टु अध्यन गर्न टाढा जानै नपर्ने विधार्थीहरुको भनाई रहेको छ । यसै वर्ष एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरु दिन श्रेष्ठ र सोनभ अर्याल आफू भन्दा अघिल्ला ब्याजका विधार्थीहरुबाट  उक्त विधालयमा  राम्रो पढाइ हुने कुरा सुनिएको हुँदा अध्यन गर्ने सोच बनाएको  कुरा व्याक्त गर्नुभयो ।

 विधालयको आफनै निजी सवारी साधन,सुलभ मुल्यमा चमेना गृहको व्यवस्था,दक्ष र बिषयगत शिक्षक,डिजिटल प्रविधिबाट पढाईहुने,राम्रो भौतिक पूर्वाधार, खेलमैदान,स्वच्छ खानेपानी सुन्दर अनि शान्त वातारणमा भएकोले यो विधालय आफैमा सौदर्य छ।

335022843_532886625627797_7292325408132886182_n301720895_465643052241119_2244228651345716899_n