काठमाडौं,२० असार । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म प्रकाशित हुने भएको छ। शुक्रबारसम्म नतिजा प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीले बताइन्।
बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने जानकारी दिएको छ। यसपटक पनि एसईईको नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ।
नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएको कार्यालयले जनाएको छ, जसमध्ये १४ वटा वेभसाइट, पाँच वटा एसएमएस सेवा र आईभीआर प्रणाली छन्।



















