विराटचोक,१३ साउन । मोरङको सुन्दरहरैचामा नेसनल प्याब्सन नगर कार्यसमितिको दाश्रो नगर अधिवेशन सम्पन्न भएको छ ।शुक्रबार सुन्दरहरैंचा १० मा रहेको हिमालय इङलिस स्कुलमा भएको अधिवेशनले सुरेस कुमार खवासको अध्यक्षमा ७ सदस्यिय नयाँ कार्य समिती चयन भएको छ ।

त्यसैगरी समितीको उपाध्यक्षमा सुर्य खवास,सचिवमा खगेन्द्र धिमाल,काेषाध्यक्षमा नगेन्द्र प्रसाद लुईटेल,र सदस्यहरुमा रविन विष्ट,इश्वर ओझा,सिर्जना कट्टेल रहेका छन् । प्याब्सनका  केन्द्रीय सचिव  राजन कुमार छराहाङ् संयोजक रहेको निर्वाचन समितिले नयाँ समितीको नाम घोषणा गरेको थियो  ।

675e5263-468d-4099-9833-d3190bc7a273 (1)नगरका १७ वटा सदस्य रहेका  विद्यालयबाट सबै सर्व सहमतिमा समिति चयन भएको  एन प्याब्सनका कोशी प्रदेश समितीका सहसचिव कमल खनालले जानकारी दिए ।

एन प्याब्सनका पुर्व नगर अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा भएको अधिवेशनमा प्याब्सन केन्द्रीय महासचिव पारसमणि दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने मोरङ जिल्ला सचिव नारायण ढकाल लगायतको उपस्थित रहेकेा थियेा।