पर्वत,२२ साउन । निसीखोला गाउँपालिका–४ मा बाबुआमाले खोसाखोस गर्दा दुई महिने बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार जिल्लाको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु बिक र उनकी श्रीमती ३० वर्षीय सबिनाले तानातान गर्ने क्रममा बालकको ज्यान गएको हो।

गत साउन १८ गते बेलुकी उनीहरूबीच विवाद भएको थियो। विवाद बढेसँगै उनीहरूले तानातान गर्ने क्रममा बालक भुईँमा खसेर बजारिएका थिए। घटनास्थलमा नै उनको मृत्यु भयो।

बागलुङ प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पनि खोसाखोसका क्रममा भुईँमा बजारिँदा बालकको मृत्यु भएको निष्कर्ष निकालेको छ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार उनीहरूलाई कानुन बमोजिम साउन १९ गते नियन्त्रणमा लिई आइतबार  ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।नेपालमञ्च बाट