सल्यान,२३ साउन । सल्यानमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए । विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।

आरोपित नवीनलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।