- ✍️ तारा पराजुली
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पूर्वमन्त्री भानुभक्त ढकाल नेकपा एमालेका तर्फबाट उमेदवार भइरहँदा शर्मा ढकालका प्रतिद्वन्द्वी थिए।उसैबेला शर्माका शैक्षिक प्रमाणपत्रका बारेमा नोवेल अस्पताल विराटनगरको स्वामित्वका बारेमा बाक्लै कुरा उठेका हुन्।उक्त चुनावका समय सुनिल शर्माको सर्टिफिकेट नक्कली हो भनेर कैयन् प्रचार भए।पत्रपत्रिकामा समाचारहरु प्रकाशित भए।निर्वाचनमा सँगै चुनावी मैदानमा रहेका भानुभक्त ढकाल शर्मालाई पछि पार्दै निर्वाचित भएर तीन बर्षसम्म फरक फरक मन्त्रालयमा मन्त्री भइ कार्यसम्पादन गरे।
समय समयमा नोवेल अस्पताल,शर्माको शैक्षिक योग्यता र प्रमाणपत्रका विषयहरु उठ्दै पानीको फोकाजस्तो कुनै गर्तमा विलिन हुँदै गए। टिकाटिप्प्णी भइरहेपनि न अनुसन्धान भयो न यस विषयमा कुनै कारवाही नै।
न सिआईवी न अरु कुनै पनि निकायले खोजी गरे करिव ६ वर्ष सम्म यस विषयमा कुनै काम अघि वढेन।
हाल एमालेका तिनै प्रभावशाली नेता भानुभक्तलाई पराजित गर्दै सांसद बनेका सुनिल शर्मा सांसद भवन प्रवेश गरे।उनले जब जब जनताको पक्षमा संसद र सडकमा बाघ गर्जिए झै गर्जिदैथिए।रातारात उनी पक्राउ परेको समाचार आउँछ।होला उनका डकुमेन्ट फर्जी नै होलान् तर यो समयले गम्भीर अपराधहरुको खोजी र आवाज मागिरहेको थियो।शर्माले योग्यताका प्रमाणहरु न त छिनमै नष्ट गर्ने आधार थियो।प्रमाण नष्ट गर्न र हुनसक्ने थुप्रै अपराधका फेहरिस्त सांसदमा प्रधानमन्त्री गृहमन्त्रीकै अगाडि उठिरहेका छन्।ती सबैभन्दा प्राथमिकताको निशानामा किन सांसद शर्मा नै परे ?प्रश्न उठ्ने व्यापक ठाउँ छ।
डाक्टर शर्माको सर्टिफिकेट डुप्लिकेट नै भए पनि उनले नोबेलबाट दिएको सेवा त लोभलाग्दो नै छ। गरिब बेसहाराका निम्ति उनले विरामीका घरघर एम्बुलेन्स पुगाएर अस्पताल पुर्याई दिएको निशूल्क स्वास्थ्य उपचार भुल्न नसक्ने गुन हो विपन्न नागरिकका लागि।उनी संसद र सडकमा जे बोल्दै थिए ती निजी जिवनका लागि नभएर जनताको पक्षमा वोल्दैथिए।उनले सांसद भएर सांसदले पाउँने सेवा सुविधा नलिने घोषणाले राज्यकोषलाई थोरै भएपनि सहयोग नै पुगेको थियो।
अन्तमा कानुनी राज्यमा कानुनभन्दामाथि न सत्ता हुन्छ, न शक्ति, न त शक्तिशाली व्यक्ति नै।अत:धन्यवाद नै छ नेपाल सरकारलाई।अपराधहरुको निमिट्यान्न होस्।सरकार विरुद्ध बोलेकै आधारमा कोही नागरिक दण्डित हुनु नपरोस्।सर्वसाधारण नागरिकलाई पनि छिटो छरितो र सहज न्यायको प्रत्याभूति होस् शुभकामना।
लेखक: तारा पराजुली बेलबारी नगरपालिकाको पुर्वउपप्रमुख हुनुहुन्छ ।



















