- जोसेफ उराव
विराटचोक,६ भदौ । मोरङको सुन्दरहरैंचा १० मा रहेको सुकुना माविको प्रध्यानाध्यापकमा हिक्मत बहादुर बस्नेत नियुक्त भएका छन् । विधालय व्यवस्थापन समिती र शिक्षकहरुको बुधबार बसेको बैठकले बस्नेतलाई नियुक्त गरेको हो ।
बहालवाला प्रध्यानाध्यापक नारायणप्रसाद गौतमको हिजो मंगलवार पदावधि सकिएपछि सोहिदिन बसेको विद्यालय व्यवस्थापन समितीको पहिलो बैठकले बस्नेतलाई निमित्त प्रध्यानाध्यापकमा नियुक्त गरेको थियो ।
बस्नेतले आज एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका छन । पदभार ग्रहण कार्यक्रमसँगै सेवा निवृत भएका नारायणप्रसाद गौतमलाई बिदाई तथा सम्मान गरिएको सहायक प्रध्यानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । अवकास प्राप्त भएका नारायणप्रसाद गौतमको सेवा निवृत जीवनको सफलताको कामना गरिएको थियो ।
सुकुना माविमा दुई जना र सहायक प्रध्यानाध्यापकमा राजेन्द्र गिरी र हिक्मत बहादुर बस्नेत आकांक्षी रहेकोमा बस्नेतलाई शिक्षा सेवामा अग्रज र जेष्ठताको आधारमा प्रध्यानाध्यापकमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ ।
नेपालकै उत्कृष्ट सामुदायिक विधालयको रुपमा सुकुना माविपरिचित छ । २०६० सालमा शिक्षा सेवामा प्रवेश गरेका बस्नेत प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष समेत हुन् ।





















