एजेन्सी । भारतको महाराष्ट्रको पुणे सहरमा एउटा अनाथालय छ।जसलाई श्रीवास्तव अनाथालय भनिन्छ।१३ अगस्ट १९७९ मा सहरको एउटा अन्जान कुनामा एउटी छोरीको जन्मभयो।छोरी जन्मिनेबित्तिकै बच्चाका आमाबुवाले बालिकालाई अनाथालय बाहिर फोहोरमा फालेका थिए।

त्यसपछि अनाथालयका सञ्चालकले त्यो बच्चीलाई भेटेर पालन पोषण गर्न थाले र उनको नाम ‘लैला’ राखे ।त्यसबेला हरेन र सुले नाम गरेका एक अमेरिकी एक जोडी भारत घुम्न आएका थिए। । उनीहरुको भारत आउनुको उद्देश्य एउटा धर्मपुत्र खोज्न थियो । उनीहरुको परिवारमा पहिले नै छोरी थिइन् त्यसैले उनीहरु यस आश्रममा आएका थिए।तर आश्रममा उनीहरुले धर्मपुत्र त भेट्टाएनन तर सुलेको नजर एक्कासी लैलातिर गयो र लैलाको चम्किलो खैरो आँखा र निर्दोष अनुहारले उनलाई खिच्यो।

त्यसपछि उनिहरुले  कानुनी प्रकिया पुरागरेर बालिकालाई धर्मपुत्री बनाए। उनीहरुले‘लिज’लाई लिएर अमेरिका फर्किए।सुलेले लैलाको नाम बदलेर‘लिज’राखिदिइन।त्यसको केही वर्षपछि उनीहरु अमेरिका छाडेर स्थायी रूपमा सिड्नीमा बस्न थाले।

बुबाले छोरीलाई क्रिकेट खेल्न सिकाउन थाले।घरको पार्कदेखि छिमेककाकेटाहरुसँग पनि खेल्न सिकाए।क्रिकेटप्रति उनको लगाव अपार थियो।क्रिकेट संगै उनले आफ्नो पढाइ पनि पूरा गरिन।पढाइ पूरा गरेर उनले राम्रो मौका पाउन थालिन।पहिले उनी कम बोल्थिन तर उनको ब्याट बोल्न थाल्यो र त्यसपछि उनको रेकर्ड बोल्न थाल्यो।

१९९७ - न्यू-दक्षिण वेल्सद्वारा पहिलो खेल
२००१  - अष्ट्रेलियाको पहिलो ODI
२००३  - अष्ट्रेलियाद्वारा पहिलो टेस्ट
२००५  - अष्ट्रेलियाद्वारा पहिलो T20
आठ टेस्ट, ४१६ रन, २३ विकेट ,
१२५  एकदिवसीय,२७२८ रन,१४६विकेट 
५४ टी २०,७६९रन,६०विकेट

एकदिवसीय क्रिकेटमा १००० रन र १०० विकेट लिने पहिलो महिला क्रिकेटर आईसीसी र्याङ्किङ प्रणाली सुरु हुँदा उनी विश्वकै नम्बर एक अलराउन्डर थिइन्।

अस्ट्रेलियाका कप्तान ! धेरै राम्रो ! एकदिवसीय र टी-२० गरी चार विश्वकपमा सहभागिता जनाएकी छिन।२०१३ मा उनको टोलीले क्रिकेट विश्वकप जित्यो, भोलिपल्ट यी खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरिन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले लिसा स्टाल्गरलाई आफ्नो हल अफ फेममा समावेश गरेको छ ।

छोरी जमाउदा नाक खुम्च्याउने समाजमा उनी गतिलो उदारण बनेकी छिन्।त्यसैले छोरी बचाऔ,छोरीलाई अवसर दिऔ !!