विराटचोक,८ भदौ। माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको  झरना युवा क्लबले  नगरकाे दुई  विपन्न सामुदायिक विद्यालयलाइ शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरेको  छ ।

गरिब तथा निम्न आय भएका  अभिभावकका छाेरीछारी पढ्ने नगरकाे वडा न. ११ मा रहेको जुडि आधारभुत विद्यालय र वडा न.९ मा रहेको श्री राम आधारभुत  विद्यार्थीलाई लक्ष्यित गरि शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरिएको हाे ।

गत फागुनमा सञ्चालन भएको विराटचाेक महाेत्सवमा खर्च भएर बाँकी रहेको रकमबाट रू ३ लाख ५० हजार मुल्य बराबरकाे शैक्षिक तथा फर्निचरका समाग्री  हस्तान्तरण गरिएकाे कार्यक्रम  आयाेजक  क्लबका अध्यक्ष प्रलाद पाठकले बताए ।  

Untitled (1) 34विद्यालयका लागि कम्प्युटर,खेलकुद समाग्री,फर्निचर,स्टेसनरी लगायत विद्यालयकाे आवश्यकता महसुस गरि पवित्र सेवाकाे भावनाले समान हस्तान्तरण गरिएको आयाेजक संस्थाका सदस्य भविन पाण्डेले उल्लेख गरे । २०७२ सालमा स्थापना भएको झरना युवा क्लवले समाजमा रहेर महाेत्सव,सरसफाइ,सहयाेग ,गाेल्डकप तथा रक्तदान लगायतका विविध कार्यक्रम गरि अघि बढ्न सफल भएको क्लबका सचिव नगेन्द्रबहादुर भुजेलले बताए । 

   कार्यक्रममा प्रमुख अतिथि मेयर केदारप्रसाद गुरागाइ थिए ।उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिएर अघि बढ्न जरूरी रहेको बताउँदै झरना युवा क्लबलाई धन्यवाद दिए । उनले कक्षा काेठामा निरन्तर शिक्षण सिकाइ जरूरी रहेकोले सामुदायिक विद्यालयकाे आवश्यकता र कमि कमजोरीलाई पहिचान गरि अघि बढ्न आफुले सकेको सहयाेग गर्ने उल्लेख गरे ।कार्यक्रममा नगर कार्यपालिका सदस्य रूकमणि घिमिरेले मन्तव्य व्यक्त गरेकी थिइन् । 

370486029_293335496629858_6481121262215834841_nसुन्दरहरैँचा ११ मा रहेको जुडि आधारभुत विद्यालय २०५२ सालमा स्थापना भएको हाे । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा  १२ जाना शिक्षकका साथमा २७६ जाना विद्यार्थी अध्ययानरत रहेको विद्यार्थीलयका प्र.अ कुमार सुवेदी बताए। नगरकाे विपन्न विद्यालयकाे रूपमा रहेको यस सामुदायिक विद्यालयमा आधुनिक भवन,सिसि क्यामरा तथा सुरक्षाकाे व्यवस्थामा कमि चिन्ता देखिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतनाथ लम्सालले जानकारी दिए । 

 तेसै गरि नगरकाे वडा न.९ ज्याेतिटाेलमा रहेको श्री राम आधारभुत विद्यालय २०६० सालमा स्थापना भएको थियो । जनयुद्दताका ज्यान गुमाएका नेपाली सेनामा कार्यरत सोहि वडाका राजकुमार खड्का र नेपाल प्रहरीमा कार्यरत महेन्द्र खड्काको नाममा स्थापाना भएको उक्त विद्यालयमा हाल १५५ विद्यार्थी अध्यायनरत रहेको विद्यालयका प्र.अ. दिलकुमार श्रेष्ठ बताए । विराटचाेक महाेत्सवबाट खर्च भएर बाँकी रहेको रकमबाट समान हस्तान्तरण गरिएको हाे।