विराटचोक — केपी घिमिरेको एक्लो अभियानका रूपमा मोरङबाट सञ्चालित 'नझरेका फूलहरू कार्यक्रम'  दशौँ वर्षमा  प्रवेश गर्दैछ। हालसम्म ४१ औँ शृङ्खला आयोजना भइसकेको पलेँटी संस्करणमा दुईसयभन्दा बढी ख्यातिप्राप्त स्रष्टालाई सम्मान गरिसकिएको छ।

आजभन्दा दश  वर्ष अगाडि मोरङको विराटचोकबाट केपी घिमिरे एक्लैले आफ्नै परिकल्पना, व्यवस्थापन र प्रस्तोताका रूपमा आरम्भ गरेको नझरेका फूलहरू पलेँटी साँझले यही बैशाख २ गते हरैँचामोडको रोजाइ मन्टेश्वरीको प्राङ्गणमा वार्षिकोत्सव, पलेँटी शृङ्खला, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान,स्रष्टा सम्मान एवम् चियापान समारोह सहित ४२औँ शृङ्खला आयोजनाको तयारी गर्दैछ।

416ccad2-525f-4d66-87e2-2cd587a7eb7aयसपटकको पलेँटी साँझमा गायक कृष्णराजा श्रेष्ठले एकदर्जन बढी विभिन्न भाषाका गीतहरू प्रस्तुत गर्ने नझरेका फूलहरूले जानकारी दिएको छ।कार्यक्रममा गायक श्रेष्ठलाई "नझरेका फूलहरू स्रष्टा सम्मान -२०८१" प्रदान गरिनेछ। नेपाली भाषा,साहित्य,कला,संस्कृति र सङ्गीतको संरक्षण र संवर्द्धनका निम्ति 'केपी घिमिरे सांस्कृतिक प्रतिष्ठान नेपाल' स्थापना गरेर कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने मुख्य अभिप्रायले घिमिरेले यो अभियान सुरु गरेका हुन्।  बैशाख २ को कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहने बताइएको छ।

यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक

नझरेका फूलहरूले अहिलेसम्म गायनशिरोमणि रामकृष्ण ढकाल, मीरा राणा,ज्ञानु राणा, दीप श्रेष्ठ, मुरलीधर, गणेश रसिक, सीताराम ताजपुरिया, कविता आले, शम्भु राई, लाक्पा शेर्पा, राजु सिंह, रेखा शाह, तुलसी पराजुली, हेमन्त शर्मा, कुबेर नेपाली, नेत्र घिमिरे, लेखु विवश, मनु मन्जिल, कृष्णभक्त राई, हेमन्त शर्मा, कर्ण दास, नवल खड्का, हेमन यात्री, मीनकुमार नवोदित श्रेष्ठ, छवि वैरागी घिमिरे, तृष्णा गुरुङ, काव्य आचार्य, राज सिग्देल, जे बी थुलुङ, श्रीकृष्ण लुइँटेल, लक्ष्मी बजगाईँ, रामा मण्डल, नवराज लम्साल, गणेश पराजुली, यशोदा पराजुली, ताराप्रकाश लिम्बू, सूयर्माराज राई, वीपी सिंह, विकास सुनार, सुरेश गन्धर्व, किरण टी लिम्बू, भीम बस्नेत, अजर जङ्गम, रेखा सुवेदी, बादलदेवी चाम्लिङ, सृष्टि हिङमाङ, सुनिता लिम्बू, पम्फा चाहार, दुर्गा पराजुली, भूमा अधिकारी, यमुना पराजुली, गणेश लामा, तिला लेकाली, राजन राई, सत्यकला राई, रमेश कार्की लगायतका स्रष्टालाई सम्मान गरिसकेको छ। कलाकार राष्ट्रका गरिमा,निधि,पहिचान र प्रतिष्ठा भएकाले जीवित छँदाछँदै सम्मान गर्नुपर्ने प्रस्तोता घिमिरेले बताएका छन्। 

0a9fc968-20f6-4631-a7ee-aa2ce6c0ae50आन्तरिक पर्यटन प्रवर्द्धन ,कलाको प्रोत्साहन र सर्जकको सम्मानलाई मूल विषयवस्तु बनाएर नेपालको पूर्वबाट निरन्तर अभियानमा लागेका नझरेका फूलहरूका एक्लो संस्थापक, व्यवस्थापक र प्रस्तोता घिमिरेलाई साहित्य,कला र सङ्गीतप्रेमी केही शुभचिन्तकहरूको हौसला र झिनो सहयोग अलावा कुनै तह र तप्काबाट हालसम्म कुनै मद्दत नपुगेको बताइन्छ। 

स्थानीय रेडियो र संस्थागत बोर्डिङ स्कुलमा नोकरी गर्ने घिमिरेले त्यसैबाट प्राप्त ज्याला खर्च गरि कार्यक्रम आयोजना गर्ने गरेको घिमिरे स्वयंले बताएका छन्।