रुपन्देही,९ भदौ। नेपाली भूमिमा विदेशी राष्ट्रिय गीत बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।


शुक्रबार रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन् ।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेको उनका प्रेस सल्लाहकार गोपाल भट्टराईले जनाएका छन्।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले प्रतिक्रिया दिएका छन् ।