विराटचोक,१० भदौ । मोरङको सुन्दरहरैंचा १० मा रहेको द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलले नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ । स्कुलले शनिबार एक कार्यक्रमका बीच यस शैक्षिकसत्रमा कक्षा ११ का लागि आफ्नो विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको हो ।
व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयमा पठनपाठन गराइदै आएको र यसै शैक्षिकसत्रमा ३० जना विद्यार्थीहरुले भर्ना लिएको विद्यालयका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनु भयो । आउदो वर्षको शैक्षिक सत्रमा कानुन विषयमा पनि अद्यापन गराइने अध्यक्ष थापाले जानकारी दिनु भयो ।
त्रिवेणी रिसोर्ट दुलारीमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका बहुचर्चित हास्य विधाका लोकप्रिय गायक तथा कलाकार श्रीकृष्ण लुइँटेले झण्डै एकदर्जन गीतहरू प्रस्तुत गर्नु भएको थियो । वहाँले गीत गाउँदा विद्यार्थीहरूले समेत स्वरमा स्वर मिलाएर साथ दिएका थिए। कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्य सहितका प्रस्तुती समेत राखेका थिए । कार्यक्रममा द राइजिङ स्कुलबाट कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान र बिदाइ समेत गरिएको थियो ।
कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरे, प्रिन्सिपल गोपालप्रसाद पाठक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा उक्त कार्यक्रमका अध्यक्ष सुरेन्द्रबहादुर थापा लगायतका वक्ताहरूले विद्यालयको शैक्षिक अवस्था र आजको शिक्षाका अवसर र चुनौतीका बारेमा आआफ्नो धारणासहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका सचिव केपी घिमिरे, विद्यालयका शिक्षकहरू शेखर भण्डारी,केशव नेपाल,पूर्व प्रिन्सिपल खगेन्द्रप्रसाद भट्टराई लगायत शिक्षक, विद्यार्थी,कर्मचारी लगायतको सहभागिता रहेको थियो।
उक्त विद्यालयका अध्यक्ष तथा समाजसेवी सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भाइस प्रिन्सिपल परशुराम गुरागाईँले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण कक्षा ११ का विद्यार्थी आफैँले गरेका थिए ।
विराटचोकमा विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालय पछिल्लो समय सुन्दरहरैँचा कै एक उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ ।



















