विराटचोक,१४ भदौ।सुकुना  सामुदायिक हस्पिटलको अध्यक्षमा गोबिन्द कार्की सर्वसहमतले चयन भएका छन ।बिहिबार भएको हस्पिटलको १३ औं बार्षिक साधारणसभाले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो।

कार्की सुन्दरहरैंचा १२मा रहेको सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलका प्रिन्सिपल पनि हुन् । 

सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको उक्त हस्पिटलमा २९ जना शेयर सदस्य रहेका छन। 

उक्त हस्पिटलकाे संचालक सदस्यमा नगेन्द्र दाहाल, नवराज चापागाईं,   ललितबहादुर श्रेष्ठ,राजेश अग्रबाल,ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्वसम्वत रूपमा चयन भएका छन् ।

साथै लेखा समितिमा  हरिबहादुर कार्कीकाे संयाेजकमा ३ सदस्य समिति चयन भएको छ ।