विराटचोक,१७ भदौ।अङ्ग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिश ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) को कोसी प्रदेशमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार सुनसरीको इटहरीमा सम्पन्न साधारणसभाले गुणराज नेपालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित अध्यक्ष नेपाल माेरङको सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन ।
नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई ,उपाध्यक्ष चेतनाथ निरौला , महासचिव रविन बराल,सचिव शंकर देवान,सदस्य सचिव गोबिन्द पुरी र कोषाध्यक्ष कमलराज दाहाल रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजेन्द्र बराल, पदम सेन,टिका सुबेदी, कृष्णकुमार खत्री, डा.ओम प्रकाश सिंह, नारायण सुवेदी, रुद्र दाहाललगायत रहेका छन् ।
उक्त कार्य समितिमा जिल्लाकाे अध्यक्ष वा अध्यक्षकाे प्रतिनिधि प्रदेश समिति सदस्य हुने व्यवस्था छ । सबै जिल्लाले निर्णय गरेर पठाएपछि कमिटी पूर्णहुने निवर्तमान अध्यक्ष नरप्रसाद भण्डारी( एन.पि.)ले जानकारी दिए ।एन.पि. भण्डारी दुई कार्यकालकाे अध्यक्ष थिए ।
यसै कार्यक्रम हलबाट नेल्टा माेरङ र सुनसरीका नयाँ कार्यसमिति समेत गठन भएकाे थियो । जसमा माेरङकाे अध्यक्षमा आदर्श मावि विराटनगरका सहायक प्रधानाध्यापक ईन्द्र चाैहान र सुनसरी अध्यक्षमा साजन चाैधरीसर्वसम्मत छनाेट भएका थिए ।
नेल्टाका कोशी प्रदेश अध्यक्ष नरप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश शिक्षा निर्देशक कृष्ण प्रसाद पोखरेलले शिक्षा क्षेत्रमा नेल्टाले पुर्याएको योगदानको चर्चा गर्दै मन्त्रालय सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
इटहरीस्थित सुष्मा कलेजमा भएको कार्यक्रममा कोशी प्रदेशका ७ वटा जिल्लाका करिब चार सय अंग्रेजी शिक्षक सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई नेल्टा मोरङका अध्यक्ष गुणराज नेपालले स्वागत गरेका थिए भने महासचिव चेतनाथ निरौलाले कार्यक्रम संचालन गरेका थिए । सोही अवसरमा कोशी प्रदेशको पहिलो नेल्टा जर्नलको लोकार्पण गरिएको थियो ।




















