काठमाडौं । भारतीय सरकारी अस्पतालको अवस्था नाजुक देखिएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिले सरकारी अस्पतालमा बेड अभाव भएको देखिएको हो । सरकारी महाराजा यशवन्तराव अस्पताल (एमवाईएच)मा एक अपमानजनकता दृश्य देखिएको छ । आर्थोपेडिक (हड्डी) विभागमा बेड अभावमा महिला र पुरुषलाई एउटै बेडमा राखेर उपचार गरिएको दृश्यले भारतको स्वास्थ्य क्षेत्रमा सरकारको ध्यान कति पुगेको छ भन्ने देखाएको छ ।
यस्तो दृश्य बाहिर आएपछि अस्पताल प्रमुख डा. पीएस ठाकुरले चिकित्सकहरू, नर्सिङ चार्ज, नर्स र वार्ड रहेका कर्मचारीसँग यसबारे जानकारी लिएका छन् । मेडिकल सुपरन्टेंन्टेंडर डा.ठाकुरले भने , ‘यो एक आकस्मिक घटना थियो र मैले अब यस्तो कार्य नगर्न भनिसकेको छु ।’ दुर्घटनामा घाइते संगीतालाई खण्डवा जिल्ला अस्पतालबाट १० दिनअघि मात्रै एमवाईएच रिफर गरिएको थियो । उनी यहाँ आर्थोपेडिक विभागमा भर्ना भएकी थिईन । अर्को रोगी, रामप्रसाद उनको पनि एक्स–रे गर्नुपर्ने छ । यी दुई जनाको उपचार फरक फरक हुनुपर्ने हो । पहिले त्यहाँ स्ट्रिचर लामो समय लगाएर खोजियो, तर एउटा भन्दा अर्को नभेटिएपछि एउटैमा राखेर पठाइयो ।
महिलाका पतिका अनुसार चाँडै चेक गर्नुपर्छ भन्दै उनलाई आवेगमा ल्याउन काम गरिएको थियो । उनलाई यतिसम्म भनियो कि चिकित्सकहरु जान थाले छिटो गर्नुहोस् । उनका पतिले भने, ‘जब हामीले स्ट्रेचर प्राप्त गर्न सकेनौ हामीले रोगीलाई जसोतसो लग्यौं । हामीसँग एक अर्का बिरामी पनि थिए ।’ जब यसको जानकारी अधिकारीहरुले पाए तब उनिहरुले मेट्रनलाई जानकारी दिए । प्रभारी डीन डा. केके अरोड़ा अस्पताल पुगे । बन्द कोठामा मेट्रन र सीएमओसँग कुरा गरे । यस विषयमा डा. ठाकुरले सुचना जारी गरेका छन् ।




















