गाजा,१७ कात्तिक । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले नोभेम्बर २ मा इजरायली सेनाले मध्य गाजा पट्टीमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र कम्तीमा १५ जनाको ज्यान गएको बताएको छ। हवाइ हमलापछि शरणार्थी शिविरमा कैयौं मानिस बेपत्ता भएका र खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।
प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को मिडिया कार्यालयले उक्त दिन इजरायली सेनाले अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म जेबालिया शरणार्थी शिविरमा दुईवटा हवाई आक्रमण गरेको बताएको थियो। जसका कारण कम्तीमा १९५ जनाको मृत्यु, ७७० भन्दा बढी घाइते र १२० जना अझै बेपत्ता छन् ।
प्यालेस्टिनी स्वास्थ्य विभागले नोभेम्बर २ मा जारी गरेको तथ्याङ्क अनुसार गाजा पट्टीमा इजरायली सैन्य कारबाहीका कारण द्वन्द्व सुरु भएदेखि ९ हजार ६१ जनाको मृत्यु भएको छ र ३२ हजार भन्दा बढी घाइते भएका छन्।




















