काठमाडौं,२६ कात्तिक  । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन् ।

इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी तटीय क्षेत्रमा हालको घातक इजरायली आक्रमणको बारेमा छलफल गर्न साउदीको राजधानी रियादमा आयोजित अरब–इस्लामिक शिखर सम्मेलनमा सिसीले उक्त टिप्पणी गरे । 

इजिप्टले बारम्बार एकपक्षीय नीतिको नतिजाको बिरुद्धमा चेतावनी दिएको र गाजामा युद्ध रोक्न असफल भए यस क्षेत्रमा सैन्य टकराव झनै भयंकर हुने अनुमान छ ।

उनले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई कुनै प्रतिवन्ध वा शर्तहरू बिना स्ट्रिपमा तत्काल र दिगो युद्धविराम हासिल गर्न गम्भीर र निर्णायक रूपमा काम गर्न आग्रह गरे । सिसीले प्यालेस्टाइनीहरूलाई आफ्नो भूमि बाहिर ठाउँमा बिस्थापित गर्ने सबै अभ्यासहरू अन्त्य गर्न पनि माग गरे । एजेन्सी