अमेरिका,५ मंसिर । अमेरिकी सैन्य गुप्तचर विमान समुन्द्रमा खसेर दुर्घटनाग्रस्त भएको छ । यो विमान धावनमार्गमा अवतरण गर्ने भनिएको थियो तर
धावनमार्गभन्दा बाहिर गएर समुन्द्रमा खसेको थियो । विमानमा धेरै यात्रु सवार भएको जानकारी प्राप्त भएको छ ।
दुर्घटना होनोलुलुबाट १० माईल पश्चिममा रहेको अमेरिकी समुद्री बेसमा सोमबार दिउँसो भएको हो। यो अमेरिकी नौसेनाको पी- ८ ए विमान थियो, जुन अवतरण गर्न छाडेर समुद्रमा खसेको थियो।
विमान समुन्द्रमा खसेपछि धेरै पानी परिरहेको थियो । विमान कानोहे खाडीको किनारमा तैरिरहेको भिडियो सर्वजनिक भएपछि जानकारी प्राप्त भएको हो ।
विमान दुर्घटना हुनासाथ उद्धार टोली सहयोगका लागि समुन्द्रमा पुगेको छ । राहत तथा उद्धार टोलीका सदस्यले विमानमा सवार ९ जनालाई डुङ्गाबाट किनारमा ल्याई उद्धार गरेका गरेका छन् ।एजेन्सी




















