विराटचोक, १८  मङ्सिर । मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा लैंगिक हिंसा बिरुद्ध १६  दिने अभियान अन्तर्गत सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

आमकास नेपाल मोरङले क्याम्पसमा उच्च शिक्षा अध्ययनरत छात्राहरु माझ बिभन्न प्रकारका हिंसा जन्य बिषयहरु उपर छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गरेको हो । 

406472857_2338411693010720_4189775930752223518_nआमकास नेपाल मोरङकी अध्यक्ष उमा सेडाईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

आइतबार भएको उक्त कार्यक्रममा क्याम्पसका प्रमुख प्रसाशकिय अधिकृत नवराज कोईराला,प्राध्यापकहरु  उमा गुरागाईं, उमेश उप्रेती, बिदुर सुवेदी,रेखा सुवेदी,पुर्वस्ववियु  उपसभापति मिलन घिमिरे लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम आमकास नेपाल मोरङकी सचिव इन्दिरा खरेल प्रसाईले संचालन गर्नु भएको थियो ।

406494184_2338411486344074_6125276822985099685_nMay be an image of 8 people, people studying, violin and flute