विराटचोक,३० मंसिर । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा विभिन्न सेमिष्टर र सेक्सन बिचमा हाजिरी जवाफ प्रतियोता सम्पन्न भएको छ ।अतिरिक्त क्रियाकलाप अन्तर्गत बिबिए कार्यक्रमको अतिरिक्त क्रियाकलाप समितिले शुक्रबार हाजिरी जवाफ प्रतियोता सम्पन्न गरेको हो ।
अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षणसहायक मोहन कार्की, सदस्यहरू विक्रम थापा र सुमन सापकोटाले व्यवस्थापन गरेको उक्त कार्यक्रममा विभिन्न चरणमा सञ्चालन गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनुभयो ।
विभिन्न ६ समुहमा सहभागी भएका विद्यार्थीहरू बिच कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोता समापन भएपछि कार्यक्रमा दर्शक राउण्ड र शिक्षक राउण्ड समेत सञ्चालन गरिएको थियो ।
सहायक क्याम्पस प्रमुख दाहालले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रममा एलिस ओझा, सुलभ कार्की र विनु बरालको समूह प्रथम, विष्णु ढकाल,अमिसा अधिकारी, सुजिना श्रेष्ठ समूह द्वितीय र मञ्जिल खड्का, प्रेङ्गा थापा, रियाज भट्टराई समूह तृतीय भएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरूबाटै भएको थियो ।
बिबिए कार्यक्रमका डाइरेक्टर शङ्कर देवान र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विजयीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै क्याम्पस प्रमुख अधिकारीले विद्यार्थीहरू सधैँभरी पठनपाठन, सिर्जनात्मक कार्य र अतिरिक्त क्रियाकलापमा अब्वल हुन इच्छाशक्ति लिएर बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।





















