पथरी,६ पुस । मोरङको पथरीशनिश्चरे  स्थित  पञ्चायत माविका कानुन विषयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङका लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिमाझ समसामयिक न्यायसम्पादनका विषयमा अन्तरक्रिया गरेका छन्।

 शुक्रबार  उक्त माविका कक्षा १२ को कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी र कक्षा ११ का विद्यार्थीले लेटाङको न्यायिक समितिका संयोजक कृष्णकुमारी पोख्रेल निरौलासहितको टोलीसित अन्तरक्रिया गरेका हुन् ।

413115181_337294799080564_7369481126866045884_nविद्यार्थीहरूले कानेपोखरी गाउँपालिकाको न्यायिक समितिका संयोजक अधिकारीसहित कानेपोखरी गाउँपालिकाका कानुनी सल्लाहकार हरि बरालसँग पालिका तहमा न्यायका लागि आएका विभिन्न खाले मुद्धा र विषयबारे जिज्ञासा राखेका थिए। सोही क्रममा कानुनी सल्लाहकार बरालले स्थानीय सरकार सञ्चालन ऐन - २०७४ अनुसार पालिकाले गर्दै आएका न्यायिक निरूपण र बहस पैरवीको क्षेत्राधिकारबारे प्रस्ट पारेका  थिए।

412634612_895568851773590_4536389770831840736_nउक्त अवसरमा लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। हाल ४ हजार दुई सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत सो माविको कानुन विषय समूहमा कक्षा १२ मा ४५ जना र कक्षा ११ मा ३१ जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए। 

उक्त अवसरमा कानेपोखरी गाउँपालिकाकी न्यायिक समिति सदस्य दुर्गा नेपाली, कार्यपालिका सदस्यहरू पदमकुमारी कार्की, सुशीला श्रेष्ठ, प्रमिला परियार, पञ्चायत माविका सूचना संयोजक समेत रहेका कानुन विषय शिक्षक केशव निरौला, शिक्षक दिनेश सुवेदी र सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो । मोरङका सामुदायिक विद्यालयमा विराटनगरबाहिर पहिलो पटक पञ्चायत माविले कक्षा ११ र १२ मा कानुन विषय समूहको पठनपाठन सुरू गरेको पाइन्छ  ।

412631893_662355199304589_7516813797625881300_n