विराटचोक‚८ पुस । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । बिएस्सी प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई क्याम्पस प्रशासन र बिएस्सी द्वितीय‚तृतीय तथा चौथो वर्षमा अध्यनरत विद्यार्थीहरूको संयुक्त आयोजनामा स्वागत कार्यक्रम गरेका हुन् ।
आइतबार भएको कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विद्यार्थीहरूको उज्वल भविष्यको कामना स्वागत गर्नुभएको थियो । त्यसैगरी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल,बिएस्सी कार्यक्रमका संयोजक टिकाप्रसाद उपाध्याय,स्विवियु सभापति सन्तोष लिम्बू लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो ।
विभिन्न साहित्यीक र साँस्कृतिक कार्यक्रम सहित भएको स्वागत कार्यक्रममा नव आगन्तुत विद्यार्थीहरूलाई नृत्य‚ गित‚ कविता‚ गजल र नाटक प्रस्तुत गरिएको सहायक क्याम्पस दहालले जानकारी दिनु भयो ।
बिएस्सीको स्वागत आयोजक समितिका विक्रम काफ्लेको सभापतित्वमा भएको कार्यक्रमलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उदघाटन गर्नु भएको थियो । भव्यरुपमा सम्पन्न भएको कार्यक्रमलाई विद्यार्थीद्वय प्रविन कार्की र रोजिना खत्रीले सञ्चालन गरेका थिए ।




















