पथरी,११ पुस ।  मोरङको पथरीशनिश्चरे ०२ उत्साही साना किसानद्वारा आयाेजित नगरस्तरीय सुन्दर हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय य र तृतिय स्थान हासिल गरेको छ।

आज सम्पन्न भएको कार्यक्रममा पथरीशनिश्चरे नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उछिन्दै रेडस्टार माविले सो नतिजा हासिल गरेको हो।

सो प्रतियोगिताका लागि कक्षा ५ बाट छात्रतर्फ प्रथम हुन सफल आयुष तिम्सिना र छात्रातर्फ द्वितीय हुन सफल सुविना घिमिरे सहभागी भएका हुन् । त्यस्तै , कक्षा ६ बाट छात्रतर्फ जेस्पर लिम्बु प्रथम स्थान  र छात्रातर्फ रीदिमा भण्डारी तृतीय स्थान हासिल गरेको रेडस्टार माविका निर्देशक/ प्रिन्सिपल टी.एन. तिम्सिनाले बताएका छन्।

उक्त विद्यालयले याे सफलता हाँसिल गर्नमा  नियमित रुपमा हस्तलेखन कक्षा मार्फत विद्यार्थीहरुलाई प्राेत्साहन गर्न    हस्तलेखन प्रशिक्षक  तथा रेडस्टार शिक्षक शम्भुराज घिमिरेले जानकारी दिए।

No description available.No description available.