काठमाडौं,१३ पुस । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालतले सन्दीपविरुद्ध मुद्दा दायर गर्ने गौशाला २६ को उमेर भने १८ वर्ष कटेको ठहर गरेको छ। तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।

न्यायाधीश  ढकालको इजलासले शुक्रबार बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेको हो। पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको भए पनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी मानिएको हो।

अदालले पीडित गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै सन्दीपले शारीरिक सम्बन्ध राखेको र यसकै आधारमा दोषी ठहर्‍याइएको हो। 

कानुन अनुसार १८ वर्षभन्दा तलको भए सहमतिमै सम्बन्ध राखेको भए पनि बलात्कार मानिन्छ। तर १८ भन्दा माथिकोलाई जबरजस्ती करणी गरेमा मात्र बलात्कार मानिन्छ।

गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर भएकाले सन्दीपलाई ७ देखि १० वर्ष कैद सजाय तोकिनेछ।