• भगवती अर्याल  

विराटचोक‚१३ पुस  ।  प्रतिभाशाली हास्य कलाकार मनोज गजुरेलले जनस्तरबाट  भव्य रुपमा सञ्चालित भएको सुकुना बहुमुखी क्याम्पसबाट आफू लोभिएको बताउनु भएको छ । शुक्रबार क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रममा आफ्नो प्रस्तुती दिदै गजुरेलले यस्तो कुरा बताउनु भएको हो । 

कार्यक्रमको विशिष्ट अतिथि समेत रहनु भएका कलाकार गजुरेलले जनस्तरबाट सुसञ्चालित यति भव्य रुपमा रहेको सुकुना बहुमुखी क्याम्पसबाट आफू लोभिएको र क्याम्पस हेर्दा‚ क्याम्पसको गुणस्तर सुन्दा र यहाँको एकता देख्दा युरोपको विश्ववद्यालय जस्तो अनुभूति भएको कुरा बताउनु भयो ।यदि मेरो उमेरमा यस्तो क्याम्पस भएको भए म यहि सुकुना क्याम्पसमा पढ्थेँ । यस्तो सामुदायीक क्याम्पस जहाँ ५ हजारको हाराहारीमा बिद्यार्थी अध्ययन गर्छन् । जसलाई विश्व विद्यालय अनुदान आयोग नेपालले गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको मान्यता दिई QAA को प्रमाणपत्र प्रदान गरेको यस्तो शैक्षिक संस्थालाई छोडेर उच्चशिक्षाका लागि काठमाडौँ र विदेशका क्याम्पसमम अध्ययन गर्न जानुको कुनै अर्थ नरहेको धारणा व्यक्त गर्नुभयो ।

Untitled-2 (2) 70उहाँले आफ्नो प्रस्तुतिका क्रममा  कसले भन्छ- सामुदायीक क्याम्पसहरुको आकर्षण घट्यो भनेर प्रतिप्रश्न गर्दै जसरी पहिले 'एड' पढ्न सुकुना क्याम्पस लोकप्रिय थियो, त्यसरी नै अहिले अन्य बिषयको अध्ययन गर्नका लागि पनि यो क्याम्पि प्रख्यात छ भन्ने धारणा प्रस्तुत गरे ।

अहिले सुकुना क्याम्पसले मानवीकी, बिज्ञान, ब्यवस्थापन, शिक्षा, बिबिए, बिआईसिटिई, बिएड विज्ञान आदि बिषय पढाउँछ भन्दै क्याम्पसको प्रशंसा गर्नु भयो । कलाकार गजुरेलले प्लस टु देखि मास्टर डिग्रीसम्मको पढाइ हुने क्याम्पसमा जहिल्यै सर्वपक्षीय सहमतीमा सञ्चालन हुने गरेको कुराको पनि जिकिर गर्नु भयो । सुकुना क्याम्पस जस्तो सुकै परिस्थितिमा पुर्वान्चलको आकर्षक शैक्षिक केन्द्र रहन सफल भएको छ' उहाँ ले भन्नुभयो । गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।

altत्यसैगरी क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो बनाउने कार्यमा विद्यार्थीहरूको साथ सहयोगको अपेक्षा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा  प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै नवआगन्तुत विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा क्याम्पसले विद्यार्थीमा रहेका सिप‚ ज्ञान र क्षमतालाई प्रोत्साहन गर्दै क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्र बनाउने गरी योजना तर्जुमा गरिएको घोषणा गर्नु भएको थियो ।

बिभिन्न साङ्गेतिक सहित भएको  उक्त कार्यक्रममा विद्यार्थी कलाकारहरूले ५ वटा गायन र ३२ वटा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारीहरू‚ पूर्वविद्यार्थीहरू‚अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका योगेश दाहाल,अखिल क्रान्तिकारीका सत्तीस कार्को‚ नेविसंघका विजय ओझा र अनेरास्ववियूका रोहन खत्रीले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए । 

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्ववियु उपाध्यक्ष भोजराज रिजालले सबै सहभागिहरूलाई स्वागत गर्नु भएको थियो । 

दुई चरणमा सञ्चालन गरिएको स्वागत कार्यक्रमको पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ‌ओझाले गर्नुभएको थियो  भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य मधु घिमिरेले गर्नुभएको थियो  ।