मधुमल्ला १९ पुस । मोरङको मिक्लाजुङ स्थित मधुमल्लामा दीनदाहाडै अज्ञात समुहको कत्ती प्रहार बाट  गरेर एकजना गम्भिर घाइते भएका छन् । 

बिहिबार मध्यान्ह ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका ३ जनाको अज्ञात समुहले अन्दाधुन्द कत्ती प्राहार गर्दा मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं. ६ का बरुण गुरुङ गम्भिर घाइते भएका हुन् । 

काम विषेशले भण्डारी चोक आएका गुरुङलाई अज्ञात समहुले अन्दाधुन्द कत्ती प्रहार गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन । कत्ती प्राहार गरी उनीहरु मधुमल्ला बजार हुदै झापा तर्फ भागेको बताइएको छ ।  

कत्ती प्रहार बाट गुरूङको देब्रे हातका ३ ‌ओटा ‌औला,टाउको र ढाडमा  समेत चोट लागेको इलाका प्रहरी कार्यालय मधुल्लाले बताएको छ । घाइते गुरुङलाइ उपचारका लागि झापाको बि एण्ड सी अस्पतामा भर्ना गरीएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको प्रहरीले खोजी कार्यलाई तिब्र बनाएको छ ।