विराटचोक,२८ पुस  । मोरङको  सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको टोलिले दोस्रो चरणको भ्रमण सम्पन्न गरेका छन् । गत पुस २२ गते क्याम्पसमा आइपुगेको अनुदान आयोगको टोलिले शुक्रबार पाचौँ दिनको भ्रमण सम्पन्न गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाको नेतृत्वमा आएको टोलीले भ्रमणका क्रममा क्याम्पसका विभिन्न सरोकारवालाहरू सँग बैठक‚ छलफल‚ अन्तर्क्रिया र प्रश्नोत्तर गरी क्याम्पसका सबै डकुमेण्टहरूको अध्ययन र मूल्याङ्कन गरेको थियो । टोलीमा प्रा.डा. सुशीलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको क्युएए डेपुटि डाइरेक्टर भगवती पौडेलको सहभागिता रहेको थियो । 

Untitled (1) 24 यसैक्रममा भ्रमणको पाचौँ दिन विहिबार एक भब्य कार्यक्रममा अनुदान आयोगको विज्ञटोली र क्याम्पस बिच प्रतिवेदन आदानप्रदान गरी भ्रमण समापन गरिएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहाले जानकारी दिए ।

क्याम्पसले शैक्षिक‚ भौतिक‚ व्यवस्थाकीय‚ प्रशासनिक‚ सामाजिक सम्बन्ध‚ विद्यार्थीको पठनपाठन‚ नतिजा‚ स्रोतसाधनको उपयोग तथा परिचालन‚ सुशासन‚ क्षमता विकास‚ रोजगारी स्थापन‚ अनुसन्धान आदि क्षेत्रमा आफू अब्बल र गुणस्तयुक्त रहेको दावि गर्दै विश्वविद्यालय अनुदान आयोग नेपालमा आवेदन पेस गरेको थियो । सुकुना बहुमुखी क्याम्पस हाल पूर्व कै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा स्थापित रहेको छ ।

भ्रमणको समापन कार्यक्रममा विज्ञटोलीका प्रमुख र सबै सदस्यहरूले गुणस्तरको प्रमाणपत्र लिने कार्यमा क्याम्पसलाई सफलता मिलोस् भनी शुभकामना दिएका थिए । त्यस्तै  पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसले दोस्रो चरणको गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको हुँदा हर्षित भएको धारणा राखेका थिए । 

Untitled (2) 24कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गुणस्तरमा क्याम्पसलाई अब्बल बनाउने कार्यमा अहोरात्र खट्ने कुरामा आयोगलाई विश्वास दिलाएका थिए । सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले अव क्याम्पसमा प्राविधिक र व्यवसायिक धारका कार्यक्रमहरू सञ्चालन गर्ने र सो कार्यमा नगरपालिकाले आर्थिक‚ भौतिक र प्राविधिक सहयोग पुर्याउने बचन दिएका थिए । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रतिवेदनले औँल्याएका सुझावहरू छिटै पूरा गरेर क्याम्पसले गुणस्तरको प्रमाणपत्र लिने प्रतिबद्धता जनाएका थिए । 

समापन समारोह क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको  अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन अनुदान आयोगको क्युएए डेपुटि डाइरेक्टर भगवती पौडेलले गरेकी थिइन् ।

8b7bf188-50a0-4f4f-a53a-84082b679f8b

a6bba41b-8fc2-4a13-aa46-47107f6d4769