विराटचाेक,६ माघ । पब्लिक क्याम्पस कर्मचारी संघकाे काेशी प्रदेश स्तरीय तदर्थ समिति गठन गरिएको छ । शनिबार झापामा आयाेजित भेलाले  दमक बहुमुखी क्याम्पसमा कार्यरत पदमप्रसाद घिमिरेकाे अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेकाे हाे । 

यसैगरी सचिवमा सुकुना बहुमुखी क्याम्पसमा कार्यरत लाेकप्रकास भट्टराई ( जीवन) चयन भएका छन् । सदस्यहरुमा हरिप्रसाद ढकाल, धर्मराज बाेहाेरा, प्रकाश श्रेष्ठ, प्रेम बहादुर कुंवर,श्यामकुमार राई,देवराज गिरी,हरिप्रसाद ढकाल,किरण ढकाल,विवस सिटौला,युवराज सुवेदी,विनाश अधिकारी,दुर्गाप्रसाद सुवेदी,टोमनाथ दाहाल,सुरज भट्टराई  लगायत रहेका छन् । 

Untitled-2 (4) 25पब्लिक क्याम्पसमा कार्यरत कर्मचारीकाे हक हितका निमित्त प्रदेश स्तरीय पब्लिक क्याम्पस कर्मचारी संघकाे तदर्थ समिति गठन गरिएको नव गठित समितिका सचिव भट्टराईले बताए। 

उक्त समितिले पब्लिक क्याम्पस संघ केन्द्रीय समितिलाई संघकाे विधान र समिति निर्माण प्रकृयाकाे विषयमा असहमत जनाउँदै ज्ञापनपत्र मार्फत आफ्ना माग अघि सारेको छ । क्याम्पस सन्चालनमा संचालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी सहित ४ वटा खम्बाहरू रहेकाेमा अहाेरात्र खट्ने कर्मचारीलाई बेवास्ता गरेकाे भन्दै कर्मचारीलाई समेट्न आग्रह गरेका छन् । 

FB_IMG_1705800242234