• सागर भण्डारी

गुल्मी,२३ माघ । माघ ८ देखि १० गतेसम्म गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित ग्वादिकाचौर खेल मैदानमा छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सञ्चालन भईरहेको थियो । ग्वादिकाचौर खेल मैदान वडा नं ६ र ४ को सिमानामा पर्दछ ।

बडिगाड खोलावारी र खोलापारी विद्यार्थी, शिक्षक र प्रतियोगीता हेर्न पुगेका दर्शकहरुको भिड थियो । माघ ८ गते त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदीका ४ विद्यार्थीहरु पुल नजिकै बसिरहेका थिए । त्यतिकैमा उनीहरुले खोलामा एक महिला बगिरहेको देखे । नजिकै रहेका र ती महिलाहरुलाई अधिकांश उनलाई बचाउन आलाप बिलाप गर्दै थिए । तर उनलाई खोलामै पुगेर उद्धार गर्ने कोही थिएनन् ।

यत्तिकैमा ४ जना छात्राहरु विद्यालय पोशाकमै खोलामा हाम फाले र ती बगिरहेकी महिलाको उद्धार गरी खोला किनारामा ल्याईपुर्याए । विद्यालय पोशाकमै यसरी खोलामा हाम फालेर ती महिलाको ज्यान जोगाउनेहरु त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६ कुर्घामा अध्ययनरत सरिता राना, सन्दिपा सारु, सुहाना खत्री र मनिसा थापा थिए ।

महिलाको उद्धार गरेपश्चात कार्यक्रमस्थल नजिकै र वरपर रहेकाहरुले समेत ती विद्यार्थीहरुको प्रशंसा गरे । “हामी कबड्डी खेल्नका लागि खेल मैदानमा जाँदै थियौँ, विद्यार्थी सरिता रानाले भनिन् खोलामा बगिरहेको देखेपछि बचाउनुपर्छ भन्ने लाग्यो र म सहित ३ जना साथीहरुनै खोलामा हाम फालेर उहाँलाई बचाएका हौँ ।”

यसरी आफ्नो ज्यानको प्रवाह नगरी ती महिलाको उद्धार गर्ने साहसिक विद्यार्थीहरुलाई मानव कल्याण मित्र मञ्च नेपालले सोमबार वामीटक्सारमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ । मञ्चका केन्द्रिय अध्यक्ष दुर्गा अर्यालले साहसिक छात्राहरुको कार्य आफुले प्रत्यक्ष देखेको भन्दै यो साहासिक कार्यको जतिनै प्रशंसा गरेपनि कमै हुने बताए ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले खोलामा डुब्दै गरेकी महिलालाई उद्धार गरेर विद्यार्थीहरुले विरता देखाएको भन्दै प्रशंसा गर्नुभयो । जीटिभी नेपालबाट