काठमाडौं,२४   माघ ।  नेकपा एमालेका नेता बसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । पांचथर जिल्ला प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री नेम्बाङकी धर्मपत्नी भूमिका सुब्बाले मंगलबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचार हुदै गरेको बताउनु भएको छ ।  

ब्रेन स्ट्रोक भई उपचार गराइरहनु भएको उहालाई डाक्टरको सल्लाह अनुसार अन्य बाहीरि संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने सुब्बाले बताउनु भएको छ ।

उहांको स्वास्थ स्थीतिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आईरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेकी छैन',-सुब्बाले भन्नु भएको छ । उहांको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, स्टमित्र, शुभेकच्छुक, गुरूहरू र साथीभाई सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु,'-सुब्बाले फेसबुक मार्फत भन्नु भएको छ ।

नेता नेम्बाङ गत माघ १७ गते नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेको केही समयमा उहाँको स्वास्थ्यमा समस्या आएको थियो । नेता नेम्बाङलाई उपचारकालागि त्यसैदिन हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।