विराटचोक - मोरङको सुन्दरहरैंचा -३ स्थित गछियामा रहेको जुपिटर इंगलिस स्कुलले आफ्नो ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमको बिहिबार सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले उदघाटन गरेका छन् । कार्यक्रममा प्रिन्सिपल हरिश्चन्द्र ढकालले विद्यालयको प्रगति विवरण तथा अगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
दुईदिन सम्म चल्ने सो कार्यक्रमको पहिलो दिन प्लेग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले को आफ्नो प्रतिभालाई प्रतिभा प्रस्फुटन गरेका थिए । साथै विविध विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा जुपिटर सिंगिङ आइडलको फाइनल गरिएको थियो भने मिसि तमाङ सिंगिङ आइडलको विजेता बनेकी थिइन् ।
दोस्रो दिनको भोलि शुक्रवार हुने कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीको आफ्नो प्रतिभा प्रस्तुस्ती रहने प्रिन्सिपल हरिश्चन्द्र ढकालले जानकारी दिए । विद्यार्थीले किताबी ज्ञान संगै ब्यबहारमा उतार्न आफैले निर्माण गरेका शैक्षिक समाग्री प्रदर्शनी समेत गरेका छन भने भोली सो कार्यक्रम शुक्रबार समापन हुनेछ। विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनराज अधिकारीको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।




















