विराटचोक - मोरङको सुन्दरहरैचा ७ मा रहेको ज्ञानज्योति वोर्डिङ्ग स्कुलले एसईईको परिक्षामा जिल्ला प्रथम हुने आफ्नो छात्रालाई सम्मान गरेको छ ।२०७९ सालको एसईईको परिक्षामा मोरङ जिल्ला प्रथम हुने आफ्नो छात्रा सस्कृति दाहाललाई सम्मान गरेको हो ।
श्रीपञ्चमी अर्थात (सरस्वती पूजा)को अवस्वर पारेर सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवीप्रसाद सिटौलाले जानकारी दिए। त्यसैगरी विद्यालयले सोहि ब्याचका सबै विद्यार्थीहरुलाई खादा र मालाले सम्मान गरेकोछ।
साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत सुन्दरहरैँचामा भर्खरै सम्पन्न भएको तेकवान्दो प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएका विजेता छात्र छात्राहरुलाई समेत सम्मान गरिएको प्रिन्सिपल सिटौलाले बताए । सोहिदिन नयाँ विद्यार्थीहरुका लागि अक्षराम्भ कार्यक्रम गरिएको थियो ।
नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय सुन्दरहरैँचा कै उत्कृष्ट शैक्षिक सँस्थाको रुपमा परिचित छ ।



















