विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पस र काठमाडौं कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पस बीचसम्झौता भएको छ ।
बिहिबार विहान सुकुना क्याम्पसमा अनुसन्धान‚ शिक्षण कौसल‚ ज्ञान अभिवृद्धि र संस्थागत सञ्जाल तथा सम्बन्धको विकास र ती क्षेत्रहरूमा सहकार्य गर्ने विषयमा द्विपक्षिय सम्झौता सम्पन्न भएको हो ।
सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी र जनमैत्री बहुमुखी क्याम्पस प्रमुख भोलानाथ ओझाको रोहवरमा सुकुना बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहाल र जनमैत्री बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख अनिलप्रसाद भुषालले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेका थिए ।
प्राज्ञिक गतिविधिहरूको प्रभावकारिताका लागि अहिलेसम्ममा सुकुना क्याम्पसले जम्मा सातवटा विभिन्न विश्वविद्यालय‚ क्याम्पस र वित्तिय सङ्घ/संस्था सँग सम्झौता सम्पन्न गरी कार्यान्वयन भइरहेको कुरा सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए ।



















