विराटचोक - मोरङ सुन्दरहरैँचा नगरपालिका ३ को अलग अलग स्थानबाट लागू औषधसहित ४ जना पक्राउ परेका छन् 

लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बिहीबार  सुन्दरहरैँचा नगरपालिका ३ बस्ने सुनिता राईको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध  गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ, २ थान डिजिटल तराजु  र २ थान मोबाइल समेत बरामद गरेको छ  । प्रहरीले राइलाइ पनि पक्राउ गरेको छ ।

त्यसैगरी बिहीबार नै सुन्दरहरैँचा  नगरपालिका ३ गछियाका दुई जना युवाहरूलाई पनि प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ । 

May be an image of tea and moneyपक्राउ पर्नेमा २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० वर्षिय आशिष ठाकुर छन् । उनीहरू आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान,  एभिल १० थान र लुपिजेसिक १० थान बोकेर पैदल हिँडिरहेको बेला पक्राउ परेका थिए । 

त्यसैगरी  सुन्दरहरैँचा  नगरपालिका-५ बलिया बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरेको छ । आचार्यलाइ मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा  ४ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।