विराटनगर- विराटनगर स्थित नाेबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या भएकाे छ । विराटनगर महानगरपालिका- ४ स्थित एउटा घरमा २२ वर्षीया चन्द्रिकाकुमारी दासकाे शव फेला परेकाे हाे ।

सिराहाकाे फुल्काहकट्टी घर भएकी दास विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीकाे घरमा डेरा बस्दै आएकी थिइन् । डीएसपी दाहालका अनुसार डेराकाे काेठाभित्रकाे शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेकाे हाे ।

   दासकाे घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलाे हतियारले काटेर हत्या गरेको  माेरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

हत्यामा संलग्नकाे पहिचान खुलि नसकेको  तर हत्यापछि शौचालयमा शव छाडेर भागेकाे पाइएकाे डीएसपी दाहालले बताए । डीएसपी दाहाल नेतृत्वको प्रहरी टोलीले अनुसन्धान सुरु गरेकाे छ । हत्यामा संलग्नकाे खाेजी तीव्र पारिएको र पहिचानकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।