सर्लाही — सर्लाहीमा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन् । भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका हुन् ।
उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको घुँडा र तिघ्रामा गोली लागेको छ ।
लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले गोलि चलाए पछि उनी घाइते भएका हुन् । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
उनीविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन रहेको बताइएको छ ।




















