ईलाका प्रहरी कार्यालय बेलबारी परिसरमा प्रहरी आवास तथा भान्सा घरको लागि ६ कोठे पक्की भवन निर्माण भएको छ ।
मोरङका ४ वटा स्थानीय तहहरुको आर्थिक सहयोगमा भवन निर्माण भएको हो। भवन निर्माणका लागि बेलबारी नगरपालिकाले १५ लाख, सुन्दरहरैचा नगरपालिकाले १५ लाख, केराबारी गाँउपालिकाले ८ लाख र ग्रामथान गाँउपालिकाले ७ लाख ५० हजार आर्थिक सहयोग गरेका थिए । बेलबारी १ मा रहेको रत्नमार्ग टोल बिकास संस्थाले ४ लाख ५ हजार ५० रुपैया बराबरको श्रमदान गरी सो भवन निर्माण गरेको थियो ।
बेलबारी नगरपालिकाले बेलबारी वडा नम्बर १ मा उपलब्ध गराएको ६ कठ्ठा २ धुर जगामा तीन चार वर्षा अघि नयां भवन निर्माण भएपछि इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपनि प्रहरीहरुको लागी आवास र भान्साघर नहुँदा प्रहरीहरुलाइ असहज हुँदै आएको थियो। चारवटा स्थानीय तह तथा बिभिन्न व्यक्ति एवम् संघ संस्थाले सहयोग गरेपछि प्रहरीले २०८० बैशाख ११ गते रत्नमार्ग टोल बिकास संस्थासँग ४३ लाख २२ हजार पाँचसय रूपयाँको लागतमा भवन निर्माणको सम्झौता गरेको थियो। १ हजार ४ सय २८ स्क्वायर फुटको आवास भवन /र मेस भवन एक एक तले छन्।
आवास तथा भान्सा घरको प्रमुख अतिथि तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) चन्द्रकुबेर खापुङ तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले संयुत्त रुपमा उदघाटन गरेका छन । भवन उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका सब इन्जिनियर बिमल राजबंशीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 
भवन उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्र कुबेर खापुङ, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु कोइराला, केराबारी गाउँ पालिका अध्यक्ष सुमन मिरिङ्चिङ र उपप्रमुख मनमाया मगर, सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँ, सुन्दरहरैंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकाल, उद्योगी भोलेश्वर दुलाल लगायत विभिन्न दल तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
भवन उद्घाटन कार्यक्रममा प्रहरी आबास तथा भान्साघर निर्माणका लागि आर्थिक सहयोग गर्ने बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकालाइ कदरपत्रद्वारा सम्मानित गरिएको थियो। सोही अबसरमा भवन निर्माणगर्बे बेलबारी वडा नम्बर १, रत्नमार्ग टोल बिकास संस्था , बेलबारी १, सब इन्जिनियर दिपक राजबंशी, सहयोगीहरु बेलबारी १ का बुद्धि बहादुर याख्खा, र बेलबारी ११ निवासी सुजय गौतमलाइ पनि स्म्म्मनित गरिएको थियो।
कार्यक्रममा बोल्दै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्र कुबेर खापुङले आफु पनि बीस बाइस वर्ष अघि ईलाका प्रहरी कार्यालय बेलबारीको नेतृत्व गरी बसेको स्मरण गर्दै यस इप्रकालाई स्तरोन्नति गर्दै डीएसपीको दरबन्दी रहने ब्यबस्था गर्न लागिपर्ने प्रतिबद्दता जनाए केही बर्ष अगाडी नै भए पनि गर्न आफुले सक्दो पहल गर्ने बताए । केही वर्ष अघि नै यहाँ डीएसपीको कमाण्ड रहने निर्णय भइसकेको भएपनि पनि पथरीमा सरेको उनले बताए ।
ईलाका प्रहरी कार्यलय बेलबारीको कार्यक्षेत्रमा बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिका पर्दछन् । क बर्गको इलाका प्रहरी कार्यालय बेलबारी अन्तरगतका ५ दर्जनभन्दा प्रहरीहरुले चारवटा पालिकाको करिब तीन लाख जनसंख्यालाई सुरक्षा प्रदान गर्दै आएको छ।




















