विराटचोक — पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि १८ जनाले आवेदन दिएका छन् । विश्वविद्यालयले गत माघ २३ गते उपकुलपति माग गर्दै दरखास्त आह्वान गरेकोमा १८ जनाले दरखास्त दिएका हुन् । तर १८ जनामध्ये एक जनाको आवेदन अस्वीकृत भएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार १७ जनाको दरखास्त स्वीकृत गरेको हो ।
दरखास्त स्वीकृत भएकाहरुमा शुभनारायण पाठक, अनिलकुमार पोखेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् ।
सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चैत २७ गतेदेखि २९ गतेसम्म गराइने सिफारिस समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिलेका उपकुलपति प्रा.डा. यादवराज कोइरालालाई तत्कालीन तथा बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०७६ फागुन १९ गते नियुक्त गरेका थिए । प्रा.डा. कोइरालाको पदावधि फागुन १९ गते सकिएको थियो । कोइराला एमाले निकट हुन् ।



















