विराटचोक — मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा मनोक्रान्तिका प्रवर्तक डा. योगी विकासानन्दसंगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

Untitled-8 (7)मङ्गलबार क्याम्पसको सभाकक्ष हलमा भएको कार्यक्रममा तनाव व्यवस्थापन‚ सकारात्मक सोचको विकास‚ असल आचरणको निर्माण‚ सम्मोहन उपचार विधि‚ योग‚ ध्यान‚ दार्शनिक विषयमा साक्षात्कार कार्यक्रम भएको हो । कार्यक्रममा विकासानन्दले व्यक्तिको शक्ति मापन गर्दै शक्ति आर्जन गर्ने तरिका र सम्मोहन विधिको प्रयोग समेत गरेका थिए । मानिस किन दुखी हुन्छ र चरम सुख प्राप्त गर्न के कस्ता कार्यहरू गर्नु पर्दछ भन्ने विषयमा आफ्नो अनुभव सुनाउँदै सुखमय जीवनका लागि उत्प्रेरणा समेत दिएको क्याम्पसका कर्मचारी जीवन भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ  लगायत जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक समिति, सल्लाहकार समिति‚ शिक्षक‚ कर्मचारी र विद्यार्थी प्रतिनिधिहरू गरी जम्मा २२० जनाले विकासानन्द सँग ज्ञान हासिल गरेको क्याम्पस सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

Untitled-8 (1) 2योगीको टोलीलाई सहायक क्याम्पस प्रमुखद्वय बलराम पोखरेल र गणेशप्रसाद दहालले स्वागत सम्मान गरेका थिए ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए ।

कार्यक्रमको सञ्चालनबाट शिक्षक तथा कर्मचारीको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको र यसले गर्दा कार्यकुशलतामा अभिवृद्धि हुने जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले दिए ।

Untitled-8 (5)