काठमाडौँ — नेपाल जनस्वास्थ्य संघ  (नेफा) को अध्यक्षमा धादिङका कृष्णमान शाक्य निर्वाचित भएका छन् ।

मंगलबार  सम्पन्न भएको एक भेलाले शाक्यलाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । जनस्वास्थ्य संघको समितिको उपाध्यक्षमा तेजप्रसाद दुलाल  (भक्तपुर), महासचिवमा कैलाश खाकी श्रेष्ठ (ताप्लेजुङ),  सचिवमा भीमप्रसाद सापकोटा (ललितपुर) कोषाध्यक्ष विजय ढकाल (प्यूठान) र सह कोषाध्यक्षमा समावेशी तर्फबाट  मायाकुमारी गोले (सर्लाही) चयन भएका छन्। 

सदस्यहरुमा दिलिपकुमार यादव (सर्लाही),  अनुजा खनाल (चितवन), नरेश प्रसाद जोशी (बझाङ) सदस्य खुल्ला तर्फबाट श्री कृष्ण बस्नेत (काठमाडौँ),विकेश मल्ल (बझाङ) बिनोदकुमार पोखरेल (प्यूठान) मनोज सिग्देल (सर्लाही) अमृत विस्ट (बैतडी)  निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक लक्ष्मी रमण वनले जानकारी दिए ।

नेपाल जनस्वास्थ्य संघ सम्पूर्ण जनस्वास्थ्य व्यवसायीहरुको साझा संगठन भएकोले आपसी छलफल तथा सहमतिमा नै सक्षम कार्यसमिति चयन हुनु आवश्यक भएको सम्पूर्ण सदस्यहरुको भावना  थियो ।

आपसी सहमतिमा नै कार्यसमिति चयन हुदाँ जनस्वास्थ्यकर्मीहरुको व्यवसायिक उचाई बढेको तथा एकताबद्ध भई पैरवी गर्न  प्रेरणा मिलेको निवर्तमान अध्यक्ष बसन्त अधिकारीले बताए।  अधिकारीले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने संघका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त छन्।

May be an illustration of map, blueprint and textMay be an image of blueprint, map and text