विराटनगर — सिस्नेखोलादेखि नागढुंगासम्मको २ हजार ६ सय ८८ मिटर लामो  सुरूङ मार्गको मुख्य सुरूङको निर्माण सकिएको छ। 

जापानी संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरूङको 'ब्रेक थ्रु' भएको  हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरूङ 'ब्रेक थ्रु' गरेका छन्।  २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरूङमध्ये दुई मिटर खन्न बाँकी सुरूङ खनेर सोमबार ब्रेक थ्रु गरिएको छ।

यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वीराजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला-बलम्बु दूरी ५ किमी हुन्छ। सिस्नेखोला-बलम्बु जोड्ने सुरूङ तयार भएपछि  २.८ किमी दूरी घट्छ।

May be an image of 9 people and text सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरूङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास छ। सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ। यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ छ। रेस्क्यु सुरूङको लम्बाइ २,५,५७ मिटर छ। यो इभ्याकुएसन सुरूङ ब्रेक-थ्रु भइसकेको छ।

आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ।  यात्रुहरूको विश्राम स्थलसहित स्टेसनमा रेस्टुरेन्ट, पार्किङ स्थल, शौचालय रहन्छन्। त्यहाँका स्थानीयले आफ्नो उत्पादन पनि बिक्री गर्न सक्छन्।   सुरूङ छेडिए पनि एक वर्षपछि मात्रै सवारी साधन गुड्न पाउने गरी निर्माण सकिने आयोजनाले बताएको छ। 

May be an image of 10 people