दुहबी — मोरङको बुढी गंगा ५ स्थित बुढी खोला छेउमा माटो काटने बिषयमा बिवाद हुँदा कुटपिटबाट दुहबीको एक जनाको मृत्यु भएको छ ।
दुहबी – १ प्रास्टोकीका ४० बर्षका जाबिर मियाको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मृतक जाबिरका छोरा अमिर मियाले बुढीगंगा गाउँपालिका – ५ स्थित बुढी खोला छेउमा आफ्नो जग्गामा माटो काट्ने बिषयमा बिवाद हुँदा आफ्नो बुवा जाबिर मियालाई गाउँका सलिम मिया लगायत ३ जनाले निर्घात कुटपिट गरी ह्त्या गरेको बताए ।
कुटपिटबाट घाइते भएका जाबिरको पारस अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार कुटपिट गर्नेहरु फरार छन्। विवादको कारण खुल्न सकेको छैन। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।




















