काठमाडौं — मोरङको सुन्दरहरैँचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचाका ६३ वर्षीय देव चौधरी ३८ वर्षीय दुर्गा प्रसाद फुयाल,केरावारी- ४ का ३१ बर्षीय सुविन राई र केरावारी- ५ का १९ वर्षीय अनिसम बस्नेत रहेका छन् ।
सुन्दरहरैँचा-७ का चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राती साढे ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । गाँजाको किनबेचको क्रममा प्रहरीले फुयालको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।
त्यस्तै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक राई र पछाडी सवार बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















