काठमाडाैं । गायिका मेनुका पौडेलको लागि  ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राखिएको तर  मेनुकाको दृष्टि फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बताएका छन्  । 

 बाहिरबाट हेर्दा कृतिम आँखा  नदेखिने भएपनि दृष्टिमा सुधार आउने सम्भावना नभएको तर प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी नभएको डाक्टरहरुले बताएका छन् । यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो।