काठमाडौं । काठमाडौंबाट एक युवती सम्पर्कविहीन भएकी छन् । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यँग सम्पर्कविहीन भएकी हुन् ।

सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनी देखिएको प्रहरीले जनाएको छ । उनले कालो ट्राउजर, गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी थिइन् । उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ ।

स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो । आमा–बाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् । फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।