विराटचोक - एनप्याबसन सुन्दरहरैँचा नगर कार्यसमितिले अध्यक्ष सुरेशकुमार खवासलाई हटाएको छ । गत बैशाख १५ गते शनिबार बसेको बैठकले अध्यक्ष  खवासलाई अध्यक्षबाट हटाए पनि करिव दुई हप्ता पछि सार्वजनिक गरेको हो ।

तत्कालिन अध्यक्ष खवासले संचालन गरेको प्रकाश मेमोरियल बोर्डिङ स्कुल नगरपालिकामा दर्ता नै नभएको पाइएपछि उनलाई अध्यक्षबाट हटाइएको एनप्याबसन नगर समितिले जनाएको छ ।

यो पनि -एन प्याब्सन सुन्दरहरैँचाका नगर अध्यक्षको बोर्डिङ स्कुल नै अबैधानिक !

खवासलाई हटाएपछि एनप्याबसन पाठशाला एकेडेमीका प्रिन्सिपल खगेन्द्र धिमाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । धिमाल यस अघि सचिवमा रहेर काम गर्दै आएका थिए।