भरतपुर — चितवनको भरतपुर महानगरपालिका-२० दद्रेनी नजिकै स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी भएको हो ।
विद्यालयका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।
बस जलेर पूर्ण रूपमा क्षति भएको छ । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरू सबै फरार छन् ।
बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।




















