काठमाडौँ— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्ने रविरत्न चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चुँडाललाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चुँडालले आफूलाई सामाजिक संजाल युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए ।
झापा घर भएका चुँडाल विरुद्ध प्रहरी वृत महाराजगञ्जमा बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ । पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गर्दै आएका छन् । उनी पसलबाट बुधबार साँझ पक्राउ परेका हुन् ।




















